नियम ४३
तामेली वा मुल्तवीमा राख्न सकिने
(१) विभागमा प्राप्त उजुरी वा सूचना वस्तुनिष्ठ वा तथ्यपरक भएको नदेखिएमा विभाग प्रमुखले त्यस्तो उजुरी वा सूचना तामेली वा मुल्तवीमा राख्ने निर्णय गर्न सक्नेछ ।
(२) विभागले उपनियम (१) बमोजिम उजुरी वा सूचना तामेलीमा वा मुल्तवीमा राख्ने गरेको निर्णयको जानकारी सम्बन्धित उजुरीकर्ता वा सूचक संस्थाले माग गरेमा दिनु पर्नेछ ।